गण्डकी प्रदेश : भूकम्पपीडितलाई कांग्रेसका सांसदले दिए १५ दिनको तलब

हिमाल प्रेस २१ कार्तिक २०८० १४:५७
4
SHARES
गण्डकी प्रदेश : भूकम्पपीडितलाई कांग्रेसका सांसदले दिए १५ दिनको तलब कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने

पोखरा- गण्डकी प्रदेशसभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरूले भूकम्पपीडितका लागि १५ दिनको तलब बराबरको रकम दिने भएका छन्। कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सचेतक नन्दप्रसाद न्यौपानेले जनाएका हुन्।

सचेतक न्यौपानेका अनुसार बैठकले कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूको १५ दिन बराबरको तलब रकम नेपाली कांग्रेस, केन्द्रीय राहत कोषमार्फत भूकम्पपीडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको हो। बैठकले भूकम्प प्रभावितहरूलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोधसमेत गरेको छ।

गत कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका वडा १, रामीडाँडा केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पबाट भएको ठूलो जनधनको क्षति भएको थियो। यसअघि, गत १९ कात्तिकमा गण्डकी प्रदेशसभाका नेकपा (एमाले) का सांसदहरूले एक हप्ताको पारिश्रमिक भूकम्पपीडितलाई दिने निर्णय गरेका थिए।

एमाले संसदीय दलको बैठकले एक हप्ताको पारिश्रमिक भूकम्प पीडितलाई दिने निर्णय गरेको हो। ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७ र एमालेका २२ सांसद छन्।

प्रकाशित: २१ कार्तिक २०८० १४:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 14 =