गाँजा खेती अध्ययन गर्न सरकारी कार्यदल गठन

हिमाल प्रेस २० कार्तिक २०८० १९:४१
4
SHARES
गाँजा खेती अध्ययन गर्न सरकारी कार्यदल गठन

काठमाडौँ- सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए।

आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्य को १०५ नम्बर बुँदामा औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको समभाव्यता अध्ययन गरिने उल्लेख छ।

सोहीअनुसार कार्यदललाई दुईवटा म्यान्डेट दिइएको छ। गाँजालाई औषधिका रूपमा उपयोग गर्न र औद्योगीकरणको सम्भाव्यता अनुसन्धान गर्नेछ।

गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिने विषयमा पनि कार्यदलले अनुसन्धान गर्ने छ। कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थमन्त्री महतले निर्देशन दिएका छन्।

प्रकाशित: २० कार्तिक २०८० १९:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =