एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा जारी

हिमाल प्रेस २० कार्तिक २०८० १०:३९
2
SHARE
एकीकृत समाजवादीको सचिवालय बैठक आलोकनगरमा जारी फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। आइतबारका लागि बोलाएको बैठक गृहकार्य नपुगेको भन्दै आजलाई सारिएको थियो।

केही बेरअघिबाट पार्टी कार्यालय आलोकनगरमा सचिवालय बैठक बसिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेता खतिवडाका अनुसार बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी र सरकारका कामकारबाहीबारे छलफलका एजेन्डा छन्।

त्यसबाहेक सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन (अपानी–११) का बारेमा समेत छलफल गर्ने नेताहरूको तयारी छ। अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा जान लागेकाले त्यसबारे समेत अध्यक्षले ब्रिफिङ गर्नेछन्।

प्रकाशित: २० कार्तिक २०८० १०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =