एमाले बागमती प्रदेश संसदीय दलद्वारा भूकम्प पीडितलाई सहयोग

हिमाल प्रेस २० कार्तिक २०८० ९:१०
6
SHARES
एमाले बागमती प्रदेश संसदीय दलद्वारा भूकम्प पीडितलाई सहयोग

काठमाडौँ- नेकपा एमाले बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ  पाँच लाख ७० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए ।

एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उनले बताए।

प्रदेशसभामा एमालेका २७ सदस्य छन्।

प्रकाशित: २० कार्तिक २०८० ९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =