भूकम्पमा परी घाइते हुनेको संख्या ३७५ पुग्यो

हिमाल प्रेस १८ कार्तिक २०८० २०:५६
6
SHARES
भूकम्पमा परी घाइते हुनेको संख्या ३७५ पुग्यो

काठमाडौँ- जाजारकोट भूकम्पमा परी घाइते हुनेको संख्या ३७५ जना पुगेको छ। गृह मन्त्रालयले शनिबार साँझ गराएको जानकारीअनुसार घाइको संख्या ३७५ पुगेको हो।

गृह मन्त्रालयले क्षतिको विवरण संकलनको काम भइरहेको बताएको छ। सबै सुरक्षा निकाय तथा स्थानीय प्रशासनको सहयोगमा विवरण संकलनको काम भइरहेको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

गृह मन्त्रालयका अनुसार शनिबार साँझसम्म ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ।

जाजरकोट भूकम्प : मृतकको संख्या १५७ पुग्यो, घाइते १६६

प्रकाशित: १८ कार्तिक २०८० २०:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =