भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न शिक्षक महासंघको आग्रह

हिमाल प्रेस १८ कार्तिक २०८० १९:२२
140
SHARES
भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न शिक्षक महासंघको आग्रह

काठमाडौँ– नेपाल शिक्षक महासंघले जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राति आएको भूकम्पमा परेकाहरूको उद्धार र राहतमा जुट्न शिक्षकहरूलाई आग्रह गरेको छ। महासंघले शनिबार विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेको हो।

‘भूकम्पपीडित बन्धुहरूको खोज र उद्धार कार्यका पक्षमा जुट्न महासंघ सबै शिक्षक/कर्मचारी साथीहरूमा हार्दिक आग्रह गर्दछ’, महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदी र अध्यक्ष कमला तुलाधरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महासचिव सुवेदीका अनुसार भूकम्पमा कति शिक्षक परेका छन् भन्नेबारेमा विवरण संकलन भइरहेको जानकारी दिए। उनले भने, ‘कर्णाली प्रदेश कार्य समितिका उपाध्यक्ष दिनेशकुमार सिंह घाइते भएको जानकारी पाएका छौँ। उहाँको अवस्था सामान्य छ। हामी पनि विवरण संकलन गरिरहेका छौँ।’

प्रकाशित: १८ कार्तिक २०८० १९:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =