भूकम्प अपडेट : रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुग्यो

हिमाल प्रेस १८ कार्तिक २०८० १६:४२
8
SHARES
भूकम्प अपडेट : रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ पुग्यो

रुकुम- रुकुम पश्चिममा भूकम्पमा परी अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ। आठबिसकोट नगरपालिकामा २८ र सानीभेरी गाउँपालिकामा १० गरी ३८ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक नमराज भट्टराईले जानकारी दिए।

उनका अनुसार जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट गरेर ३० जना उपचारपछि घर फर्किएका छन्।

४० जनाको जिल्लामै र गम्भीर घाइते भएका १५ जनालाई थप उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको प्रहरी प्रमुख भट्टराईले जानकारी दिए।

भूकम्पमा परी बेपत्ताको खोजी जारी रहेकाले थप घाइते र मृत्युको संख्या बढ्नसक्ने उनको भनाइ छ। जाजरकोटको रामीडाँडामा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो। रासस

प्रकाशित: १८ कार्तिक २०८० १६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + two =