काठमाडौँ महानगरले माग्यो ७१ जना प्रधानाध्यापक

हिमाल प्रेस १७ कार्तिक २०८० १४:१९
132
SHARES
काठमाडौँ महानगरले माग्यो ७१ जना प्रधानाध्यापक

काठमाडौँ– महानगरपालिकाले ७१ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ। महानगरपालिकाले मंसिर १ गतेसम्मको मिति राखेर दरखास्त आह्वान गरेको हो।

महानगरको शिक्षा विभागका अनुसार आधारभूत तह (कक्षा १-५) मा ६ जना, आधारभूत तह (कक्षा १-८) मा २१ जना र माध्यमिक तहमा ४४ जना प्रधानाध्यापक पद रिक्त छ। महानगरपालिकाले पाँच वर्षका लागि करारमा प्रधानाध्यापक नियुक्त गर्न लागिएको जनाएको छ।

विज्ञापन गरिएका ७१ स्कुलमा हाल निमित्त प्रधानाध्यापकले जिम्मेवारी सम्हाल्दै आएका छन्। खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्न लागिएको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताए।

प्रधानाध्यापक बन्न काठमाडौँ महानगरपालिकाभित्र कार्यरत कम्तीमा पाँच वर्ष स्थायी सेवा अवधि भएको शिक्षकले दरखास्त दिन पाउनेछन्। यसका लागि उनीहरूले विद्यालय विकास प्रस्तावको तयारी र प्रस्तुतीकरण गर्नुपर्नेछ। इच्छुक शिक्षकहरूले मंसिर ८ गतेभित्र विद्यालय विकास प्रस्ताव पेस गर्नुपर्ने महानगरपालिकाको सूचनामा उल्लेख छ।

प्रकाशित: १७ कार्तिक २०८० १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − three =