संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्न थाल्यो : उपेन्द्र यादव

हिमाल प्रेस १६ कार्तिक २०८० १४:५१
8
SHARES
संघीयता खारेज गर्छन् कि भन्ने डर बढ्न थाल्यो : उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष तथा सांसद उपेन्द्र यादवले संघीयता खारेज हुने खतरा बढेको बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले अहिलेको नेतृत्वबाट संघीयता खतरामा परेको बताएका हुन्।

‘देशको ठूलो हिस्साले अनरसिप नलिएको संविधानलाई समयानुकूल संशोधन, परिमार्जन नगरी कसरी अघि बढ्ला र महिमा कति दिन टिक्ला?,’ उनले भने, ‘अघि एक मान्य (सांसद)ले प्रदेश खारेजी भन्दै हुनुहुन्थ्यो, यता बस्ने साथी (सांसद)हरूले संघीयता खारेज गर्लान् जस्तो देखियो।’

संविधान बनाउँदै त्रुटिपूर्ण रहेको भन्दै उनले सच्याउनुपर्नेमा जोड दिए। उनले प्रदेशहरूलाई अधिकार र कानुन मात्र हैन, जनशक्ति नदिइए कसरी संघीय गणतन्त्र टिक्छ भन्ने प्रश्न उठाइएको बताए।

समिति गठनमा ढिलाइ भएकाले संसद्को काम–कारबाही गतिशील नदेखिएको उनको भनाइ छ। ‘समिति गठन गर्न आठनौ महिना लाग्यो, अनि कसरी गतिशील हुने?,’ यादवले प्रश्न गरे।

प्रकाशित: १६ कार्तिक २०८० १४:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + thirteen =