यस्तो बन्यो ‘दुई कदम’ को शीर्ष गीत

हिमाल प्रेस १६ कार्तिक २०८० १४:१८
10
SHARES
यस्तो बन्यो ‘दुई कदम’ को शीर्ष गीत

काठमाडौँ– फिल्म ‘दुई कदम’ को शीर्ष गीत सार्वजनिक भएको छ। बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा प्रविशा अधिकारी र सिडी विजय अधिकारीले स्वर दिएका छन्। डिपी खनालको शब्द र तारा प्रकाश लिम्बूको संगीतमा बनेको गीतको भिडियोमा फिल्मका  डेब्यू कलाकार  इओन लिम्बू र सिमोन गिरीलाई देख्न सकिन्छ।

फिल्म आगामी मंसिर २९ मा प्रदर्शन हुनेछ। फिल्मका निर्देशक उदय सुब्बा हुन्। इओन र सिमोनसहित फिल्ममा गौरव पहारी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, बुद्धि तामाङ, प्रेम सुब्बा, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रितिका शर्मालगायतको अभिनय छ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन छ। फिल्मको छायांकन मुस्ताङ, धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको छ। विक्रम डिसीले छायांकन गरेका हुन्।

प्रविन ढकालको सम्पादन रहेको फिल्ममा तारा प्रकाश लिम्बू र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी छ। अजम्बरी फिल्म्स्को ब्यानरमा बनेको फिल्म तारा देवी लिम्बूले लगानी गरेकी छन्। यसै मितिमा आशुतोष ध्वज कार्की निर्देशित फिल्म ‘जम्प’ पनि प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =