रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा

हिमाल प्रेस १२ मंसिर २०८० ७:३४
4
SHARES
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दैछ। मधेश प्रदेशको महोत्तरीस्थित जलेश्वरमा सोमबारदेखि संयुक्त बैठक चलिरहेको छ।

रास्वपाका उपसभापति डीपी अर्यालका अनुसार बैठकमा रास्वपामा पदाधिकारीसहित ३९ केन्द्रीय सदस्य र २१ संसाद सहभागी छन्। यसका साथै संयुक्त बैठकमा पार्टीका प्रदेश सभापतिहरूको सहभागिता छ।

सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।

प्रदेश सभापतिहरूले सम्बन्धी प्रदेशको राजनीति तथा सांगठनिक अवस्थाबारे प्रतिवेदन प्रस्तुत गरेका छन्। सोमबारको बैठकमा सांसदहर”ले रिपोर्ट पनि प्रस्तुत गरेका थिए ।

प्रकाशित: १२ मंसिर २०८० ७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 4 =