कस्तो रहला आज मौसम?

हिमाल प्रेस १० मंसिर २०८० ६:०२
32
SHARES
कस्तो रहला आज मौसम?

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ।

महाशाखाले आइतबार देशका सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जनाएको हो।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी ठाउँमा आंशिक बदली र तराईमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ।

त्यसैगरी महाशाखाको भनाइमा देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेनेछ ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ।

प्रकाशित: १० मंसिर २०८० ६:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =