आफूलाई नजरबन्द गरिएको दाबीसहित दुर्गा प्रसाईले दायर गरे सर्वोच्चमा रिट

हिमाल प्रेस ८ मंसिर २०८० १६:५७
36
SHARES
आफूलाई नजरबन्द गरिएको दाबीसहित दुर्गा प्रसाईले दायर गरे सर्वोच्चमा रिट

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफूलाई सरकारले नजरबन्दमा पारेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रसाईको तर्फबाट अधिवक्ता डा.सुरेन्द्र भण्डारीले जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई विपक्षी बनाएर बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका हुन्।

रिटको पेसी आइतबारलाई तोकिएको छ। रिटमा नेपालको संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्र, स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउने व्यवस्था र सरकारले गरेका कामकारबाहीको शान्तिपूर्ण विरोध गर्न पाउने व्यवस्थालाई नै चुनौती दिइएको भन्दै तत्काल रिहा गरी आन्दोलन र अभियानमा पनि रोक नलगाउन माग गरिएको छ।

प्रसाईंले प्रहरीले आफूलाई निवासमा नजरबन्दमा राखेको बताएका छन्। शुक्रबार भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले प्रदर्शनका लागि आफूलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताएका थिए।

प्रसाईं समर्थकले बिहीबार काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरेका थिए। आज शुक्रबार तीनकुनेमा प्रदर्शनको तयारीमा रहेका प्रसाई र उनका समर्थकलाई प्रहरीले तीनकुनेमा भेला हुन पनि दिएको छैन।

प्रकाशित: ८ मंसिर २०८० १६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 1 =