नेपालगन्ज म्याराथनको तयारी पूरा, यस्तो छ कनक्लेभको कार्यक्रम तालिका

हिमाल प्रेस ७ मंसिर २०८० १७:५४
10
SHARES
नेपालगन्ज म्याराथनको तयारी पूरा, यस्तो छ कनक्लेभको कार्यक्रम तालिका

काठमाडौँ- नवौं धारा नेपालगन्ज म्याराथन तथा नेपालगन्ज कनक्लेभ-२०२३ को तयारी पूरा भएको छ। आयोजक क्रियटिभ ह्याण्ड्सका अनुसार यस वर्षको म्याराथनमा पुरस्कार राशि वृद्धि गरिएको छ। साथै उत्कृष्ट स्कोर हासिल गर्ने खेलाडीले लण्डन म्याराथनमा सहभागी हुने अवसर प्राप्त गर्ने क्रियटिभ ह्याण्ड्सले जनाएको छ।

आयोजकका अनुसार धारा नेपालगन्ज म्याराथन र नेपाल रन युकेबीच नेपालगन्ज म्याराथनको कोर्स रेकर्ड ब्रेक गर्ने एक जना खेलाडीलाई लण्डन म्याराथनमा सहभागी गराउने समझदारी भएको छ। लण्डन म्याराथन संसारकै ६ उत्कृष्ट म्याराथनमध्ये एक हो।

नेपालगन्ज म्याराथनको विजेताले नगद दुई लाख पाउनेछन्। त्यसै गरी दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५/५ हजारबाट पुरस्कृत हुनेछन्। यसमा ४५ वर्षमाथिको धावकलाई पनि स्थान निर्धारण गरी प्रोत्साहन गरिनेछ।

हाफ म्याराथन (महिला)मा प्रथम हुनेले ७५ हजार, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार, पाँचौंले १० हजार, छैटौं, सातौं र आठौंलाई समान ५/५ हजार नगदले पुरस्कृत हुनेछन्।

त्यस्तै १० किलोमिटर महिला र पुरुषतर्फ शीर्ष तीन जनालाई ३० हजार, १५ हजार र १० हजार नगदले पुरस्कृत गरिनेछ। स्कुलस्तरीय ५ किलोमिटर दौडमा शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार प्रदान गरिनेछ।

यसमा बाँके जिल्ला बाहिर र जिल्लाभित्रका विद्यार्थीलाई समेटिएको छ। यसमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ को अलगअलग स्थान निकालिनेछ। ह्विलचेयर दौडमा पनि पुरुष तथा महिलातर्फ अलगअलग शीर्ष तीनलाई पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँले पुरस्कृत गरिनेछ। किड्स रनतर्फका विजेतालाई शैक्षिक उपहारबाट प्रोत्साहन गरिनेछ। कर्पोरेट पाँच किलोमिटर दौडमा विजेतालाई पदक र विभिन्न आकर्षक प्याकेजबाट सम्मानित गरिनेछ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्ने गरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) को स्मरणमा ९ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो। जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए। एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ।

यसैबीच क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनको अघिल्लो दिन नेपालगन्ज कनक्लेभ आयोजना हुँदैछ।

नेपालगन्ज कनक्लेभका निर्देशक जनक नेपाल हुन् भने यसमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरसँग सहकार्य गरिएको छ। मेरो प्लानेटको हलमा हुने कनक्लेभ ८ मंसिर बिहान ८ः३० देखि बेलुकी ५ बजेसम्म चल्नेछ।

यस्तो छ कनक्लेभको कार्यक्रम तालिका

पहिलो सत्रः ९ः१५ देखि १०ः३०
खेलकुदसँग टुटेको कडीः शिक्षा, स्वास्थ्य र खेलकुद
चुडामणी पौडेल, प्रमुख सचिव (कर्णाली प्रदेश)
शशी स्वाँर, विद्यालय सञ्चालक
डा विकास नेपाल, मुटुरोग विशेषज्ञ
सन्तोषी श्रेष्ठ, धाविका
मोडरेटरः प्रकाश तिमिल्सिना, सम्पादक (हाम्रो खेलकुद)

दोस्रो सत्रः १०ः३० देखि ११ः४५
नेपाली आख्यानः के पढ्ने ? के लेख्ने ?
नयनराज पाण्डे, आख्यानकार
सुबिन भट्टराई, उपन्यासकार
विवेक ओझा, मदन पुरस्कार विजेता
सुरक्षा पन्त, अभिनेत्री
मोडरेटरः जनक नेपाल, सम्पादक (शिलापत्र)

तेस्रो सत्रः ११ः४५ देखि १ः००
पश्चिम नेपालः उद्यमशीलता, पर्यटन र रोजगारी
प्रदीप छाजेड, सीईओ (केएल दुगड ग्रुप)
दीपकराज जोशी, कार्यकारी निर्देशक (नेपाल उद्योग परिसंघ)
गोपाल हमाल, मेयर (धनगढी उपमहानगरपालिका)
मोडरेटरः डा. ओम मिश्र, अध्यक्ष कर्णाली विकास बैंक

लन्च ब्रेकः १ः०० देखि १ः४५

चौथो सत्रः १ः४५ देखि ३ः००
आकाश–धर्ती बराबरीः महिला सशक्तीकरण
भावना पन्त, पाइलट
पूर्णिमा श्रेष्ठ, पर्वतारोही
श्रृच्छा प्रधान, मिस नेपाल वल्र्ड
पार्वती थापा, ओलम्पियन
मोडरेटरः मोहना अन्सारी, पूर्वसदस्य राष्ट्रिय मानवअधिकार आयोग

पाँचौं सत्रः ३ः०० देखि ४ः१५
स्वदेशमै सम्भव छः युवा उद्यम र रोजगार
सहारा जोशी, अध्यक्ष (युवा उद्यमी मञ्च)
तीर्थ थापा, डाइरेक्टर (डल्फिन ग्रुप)
डा. जीत चन्द, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
सेवा पाठक, सीईओ (भायानेट)
मोडरेटरः डा. नितेश कनोडिया, निर्देशक (नेपालगन्ज मेडिकल कलेज)

छैटौं सत्रः ४ः१५ देखि ५ः००
संवादः समाज, सिनेमा र साहित्य
राजेश हमाल, अभिनेता
मोडरेटरः केशव सिग्देल, प्राध्यापक

प्रकाशित: ७ मंसिर २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 2 =