प्रदर्शनमा बस्नेत र प्रसाईको कुण्ठा पोखियो

हिमाल प्रेस ७ मंसिर २०८० १७:४८
30
SHARES
प्रदर्शनमा बस्नेत र प्रसाईको कुण्ठा पोखियो

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’का नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईले काठमाडौँको बल्खुमा बिहीबारदेखि विरोध प्रदर्शन सुरु गरेका छन्। साथै एमालेनिकट युवा संघले तीनकुनेमा शक्ति प्रदर्शन गरेको छ।

बैंकको ऋण माफ गर्ने, राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचार अन्त्य गर्न र तानाशाही शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डाका साथ प्रसाई आन्दोलनमा उत्रिएका छन्। युवा संघ भने सरकारको पछिल्लो गतिविधिको विरोधमा उत्रिएको हो।

दुवैको माग फरक भए पनि उनीहरू एकअर्काप्रति आक्रामक भाषणमा उत्रिएका थिए। काठमाडौँको तीनकुनेबाट एमाले नेता महेश बस्नेतले दुर्गा प्रसाईको जत्था बल्खु पुगेर खेदाउन सक्ने धम्कीपूर्ण भाषण गरे भने प्रसाईले बस्नतेलाई भक्तपुरबाट बाहिर निस्कन नदिने चेतावनी दिए।

तीनकुनेमा गणतन्त्र जोगाउन उत्रिएका बस्नेतले भाषणमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाटै लखेट्न सक्ने बताउँदै दुर्गा प्रसाईको पछि नलाग्न चेतावनी दिए। प्रसाईले पुरानो पार्टी एमालेले आफूसँग भिडेर आफ्नो अस्तित्व सिध्याएको भन्दै एमालेका नेता बस्नेतमाथि बलात्कारीको आरोप लगाए। उनीहरूको विरोध आन्दोलनमा आफ्ना मागभन्दा एकअर्कोका लागि जनता सडकमा उतारेजस्तो देखिन्थ्यो।

एमालेका युवा र विद्यार्थीका नेता-कार्यकर्ताले तीनकुनेदेखि कोटेश्वरसम्मको सडक भरिएको थियो। एमाले नेता बस्नेत, युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका अध्यक्ष समिक बडालले र्‍यालीको नेतृत्व गरेका थिए। युवा संघको र्‍यालीमा दुर्गा प्रसाई मुर्दावादसहितका नारा लगाइएको थियो। उता प्रसाईको र्‍यालीमा पनि एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत मुर्दावाद भन्दै सर्मथकले नारा लगाएका थिए।

बल्खु चक्रपथमा प्रदर्शन गरिरहेकाहरू प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेर अश्रुग्यास र पानीको फोहोरा हानेको थियो। प्रसाईका समर्थकले प्रहरीलाई समेत ढुगाा प्रहरी गरेका थिए। प्रसाईले एमाले एउटा व्यक्तिसँग डराएर एमाले अध्यक्ष ओली सम्बोधन गर्न नसकेर भागेको आरोप लगाए। उनले एमालेको हौसियत राप्रपाभन्दा पनि सानो भएको भन्दै कार्यक्रममा ओलीको आलोचना गरे।

उता नेता बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहालमाथि पनि गम्भीर आरोप लगाए।  उनले प्रधानमन्त्री पुष्पकमल दाहालको लहैलहैमा प्रसाई कराउँदै हिडेको आरोप लगाए। बस्नेतले सरकारको भन्दा पनि धेरै प्रसाईको व्यक्तिगत र उनको महाअभियानको विरोध गरेका थिए। प्रसाईले पनि आफनो एजेन्डाभन्दा बढी एमाले अध्यक्ष ओली र बस्नेतको विरोधमा समय खर्चिए।

यति मात्र होइन। कार्यक्रममा उनीहरूको व्यक्तिगत इगो पनि प्रष्ट देखिन्थ्यो। प्रसाईको झडप भएको थियो भने युवा संघको कार्यक्रम सामान्य भयो।

प्रकाशित: ७ मंसिर २०८० १७:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + fifteen =