तीनकुनेमा युवा संघले निकाल्यो मसाल जुलुस

हिमाल प्रेस ५ मंसिर २०८० १९:२७
8
SHARES
तीनकुनेमा युवा संघले निकाल्यो मसाल जुलुस

काठमाडौँ- नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको छ। मंसिर ७ गते गर्न लागेको बृहत प्रदर्शनको पूर्वसन्ध्यामा युवा संघले काठमाडौंको तीनकुनेमा मसाल जुलुस निकालेको हो। मसाल जुलुसमा सहभागीहरूले सरकारविरोधी नारा लगाएका थिए।

भ्रष्टाचार, महङ्गी र अराजकता नियन्त्रणमा सरकारको अकर्मण्यताविरुद्ध भन्दै युवा संघले प्रदर्शन गरेको हो। प्रदर्शनका कारण केहिबेर तीनकुने क्षेत्रमा यातायात अवरुद्ध भएको थियो। युवा संघले मंसिर ७ गते तीनकुने क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ।

त्यसअघि प्रदर्शनीको तयारीका लागि संघले काठमाडौंमा भेला आयोजना गरेको थियो। भेलामा संघका पूर्वअध्यक्ष महेश बस्नेतले प्रदर्शनलाई शसक्त बनाउन निर्देशन दिएको थियो।

प्रकाशित: ५ मंसिर २०८० १९:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =