माइतीघरमा प्रशासनले रोक लगाएपछि युवा संघको कार्यक्रम तिनकुनेमा हुने

हिमाल प्रेस ४ मंसिर २०८० २०:२०
10
SHARES
माइतीघरमा प्रशासनले रोक लगाएपछि युवा संघको कार्यक्रम तिनकुनेमा हुने

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न रोक लगाएपछि राष्ट्रिय युवा संघ नेपालले मंसिर ७ गतेका लागि तय गरिएको कार्यक्रम तिनकुनेमा  गर्ने भएको छ।

मंसिर ७ गते माइतीघरमा युवा संघ र दुर्गा प्रसाईले माइतीघरमा प्रदर्शन गर्ने तय गरेका थिए। तर, मुडभेडको सम्भावनालाई ख्याल गर्दै प्रशासनले सोमबारदेखि लागू हुने गरी एक महिनासम्म माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्न नपाउने बताएको छ।

युवा संघले महंगी र भ्रष्टाचारविरुद्ध प्रदर्शन गर्ने र प्रसाईले व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन्। सोही प्रदर्शनलाई ख्याल गर्दै प्रशासनले सोमबारदेखि लागू हुनेगरी माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गर्न नपाउने व्यवस्था गरेको छ।

युवा संघ र दुर्गा प्रसाईलाई माइतीघरमा प्रदर्शन प्रशासनले लगायो रोक

प्रकाशित: ४ मंसिर २०८० २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =