अस्तव्यस्त काठमाडौँ

तीनकुनेमा युवा संघको प्रदर्शन [फोटो फिचर]

दिपेश श्रेष्ठ ७ मंसिर २०८० १२:४६
20
SHARES
तीनकुनेमा युवा संघको प्रदर्शन [फोटो फिचर]

काठमाडौँ– काठमाडौँको तीनकुनेमा नेकपा एमालेनिकट युवा संघको प्रदर्शन सुरु भएको छ। सरकारको विरोध गर्दै युवा संघले तीनकुनेमा प्रदर्शन गरेको हो। काठमाडौँका विभिन्न १३ ठाउँबाट युवा संघका कार्यकर्ताहरू मोटरसाइकल र्‍यालीसहित तीनकुनेमा भेला भएका छन्। एमाले नेता महेश बस्नेत लगायतका नेताहरू तीनकुने पुगिसकेका छन्। अहिले युवा संघका नेता कार्यकर्ताहरू पार्टीको झन्डासहित तीनकुनेको सडकमा नाराबाजी लगाइरहेका छन्।

युवा संघका नेता कार्यकर्ताले सरकारलाई खबरदारी गरेका छन्। भ्रष्टाचार, अपराधलाई सरकारले बढावा दिएको भन्दै सरकारविरोधी प्लेकार्डहरू पनि लिएर विरोध गरिरहेका छन्। आज काठमाडौँमा युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईले शक्ति प्रदर्शन गर्दैछन्। यी दुई समूह एक आपसमा भिड्न सक्ने आँकलन गर्दै काठमाडौँको सुरक्षा व्यवस्थामा पनि कडाइ गरिएको छ। उता बल्खुमा पनि प्रसाई समूहले प्रदर्शन सुरु गरिसकेको छ।

बल्खुमा युवा संघका कार्यकर्ताले प्रसाईका समर्थकमाथि ढुंगामुढा गरिसकेको छ। दुई समूहले रिङरोड क्षेत्रमा विरोध प्रदर्शन गरेका कारण काठमाडौँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।

प्रकाशित: ७ मंसिर २०८० १२:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =