भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै

हिमाल प्रेस ४ मंसिर २०८० ११:४३
12
SHARES
भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी हुँदै

काठमाडौँ– काठमाडौँस्थित भृकुटीमण्डपमा दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी- २०२३ हुने भएको छ।  ‘सामाजिक रूपान्तरणका लागि शिक्षामा नयाँ अभियान’ प्रदर्शनीको नारा भन्ने रहेको छ।

प्रदर्शनीमा नेपालसहित भारत, चीन, बंगलादेश, श्रीलंका, इजिप्ट, इन्डोनेसिया, बेलायत, अमेरिकालगायत विभिन्न देशका लेखक, प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता रहनेछ।

आयोजकका अनुसार प्रदर्शनी मंसिर ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा हुनेछ। भोलि अर्थात् मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यक्रमको उद्घाटन गर्नेछन्।

एक सय ८० भन्दा बढी स्टल रहने प्रदर्शनीमा देश तथा विदेशमा प्रकाशित पुस्तकका साथै शैक्षिक सामग्री राखिने आयोजकले जनाएकाे छ। प्रदर्शनीमा दक्षिण एसियाली क्षेत्रका राष्ट्रहरूसमेत सहभागिता रहने भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीहरूको आयात, निर्यात र वितरणमा सहकार्य एवं सहजीकरणको वातावरण बन्नेछ भन्ने आयोजकको अपेक्षा छ।

प्रदर्शनी नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा हुन लागेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 4 =