छठ पूजाको तयारी गरिरहेका युवकको पोखरीमा डुबेर मृत्यु

हिमाल प्रेस ३ मंसिर २०८० १६:१८
14
SHARES
छठ पूजाको तयारी गरिरहेका युवकको पोखरीमा डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

सर्लाही- जिल्लाको ईश्वरपुरमा छठ पूजाको तयारी गर्ने क्रममा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। नगरपालिका वडा नम्बर ६ का अन्दाजी २२-२३ वर्षका युवक सन्तोष साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगन्ज बयलबासले जानकारी दिएको हो।

आज बिहान नगरपालिकाको पोखरीटोलमा छठ पूजाको लागि घाट बनाएर पोखरीमा नुहाउन पसेका उनको ११ बजे डुबेर मृत्यु भएको हो।

मृतक साह अध्ययनका लागि अष्ट्रेलिया जाने तयारीमा थिए। उनको मृत्युले अहिले छठ पूजास्थल शोकमग्न भएको छ। शवलाई पोस्टमार्टमका लागि मलंगवा लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =