फरार अभियुक्त तीस वर्षपछि पक्राउ

हिमाल प्रेस २ मंसिर २०८० ७:४३
6
SHARES
फरार अभियुक्त तीस वर्षपछि पक्राउ सांकेतिक तस्बिर।

महेन्द्रनगर- तीस वर्षदेखि फरार रहेका अभियुक्त आज कञ्चनपुरको दोधारा चादँनीबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार फरार रहेका अभियुक्त धनबहादुर सुनारलाई विसं २०५० फागुन १५ गते जिल्ला अदालत कञ्चनपुरले कुटपिट मुद्दामा छ महिना कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।

कञ्चनपुर प्रहरीले सुनारलाई पक्राउ गरी कैद सजाय भुक्तानका लागि अदालतमा पेस गरी अदालतले शुक्रबार नै कारागार चलान गरेको छ।

प्रकाशित: २ मंसिर २०८० ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + two =