एनआरएनएको ज्ञान, सीप र लगानीलाई सरकारले प्रोत्साहन गर्छः अर्थमन्त्री महत

हिमाल प्रेस ३० असोज २०८० १७:४१
एनआरएनएको ज्ञान, सीप र लगानीलाई सरकारले प्रोत्साहन गर्छः अर्थमन्त्री महत

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सिप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलनलाई सम्बोधन गर्दै मंगलबार मन्त्री महतले नेपालको आर्थिक विकासमा सबैको साथ आवश्यक भएको भन्दै एनआरएनलाई लगानी बढाउन आग्रह गरेका हुन्।

‘युवाहरूलाई लागिरहेको होला, यहाँ केही छैन, अरु गइसके, म पनि विदेश जानैपर्छ,’ मन्त्री महतले भने, ‘तर यहाँ अवसर छ, अरु देशमा एउटा संयन्त्रको पूर्जाका रूपमा काममात्रै गर्ने हो। यहाँ प्रशस्त सम्भावना छ, त्यसलाई हेर्ने दृष्टिकोण चाहिन्छ।’

मन्त्री महतले भने, ‘जलविद्युत्‌मा नेपालले नेटवर्क बनाइसक्यो। अहिले निजी क्षेत्रबाट ३०० मेगावट जलविद्युत् उत्पादन भइरहेको छ। सयौँ आयोजनामा हजारौँ नेपालीले लगानी गरिरहेका छन्। माथिल्लो अरुण परियोजनामा विश्व बैंकको नेतृत्वमा लगानी हुँदैछ, दुधकोशीमा एसियाली विकास बैंकले लगानी गर्दैछ। हामीले ऋण सहुलियत दरमा मागेका छौँ।’

आर्थिक वृद्धिको महत्त्वपूर्ण हिस्सा जलविद्युत् बन्नेमा आफू विश्वस्त रहेको मन्त्री महतले बताए। ‘यसमा हामीले धेरै अनुभव र ज्ञान हासिल गरिसकेका छौँ। अब यसमा गैरआवासीय नेपाली साथीहरू जोडिनुपर्छ। यसो हुँदा बुढिगण्डकी जलासययुक्त आयोजना हामी छिट्टै अगाडि बढाउन सक्छौँ,’ उनले भने। अर्थमन्त्री महतले सूचना प्रविधिको क्षेत्रमा पनि नेपालमा प्रशस्त सम्भावना रहेको बताए।

प्रकाशित: ३० असोज २०८० १७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − four =