दुई महिनामा आयो २ खर्ब २८ अर्ब रेमिट्यान्स, कामका लागि बाहिरिए १ लाख युवा

हिमाल प्रेस ३० असोज २०८० १५:३४
6
SHARES
दुई महिनामा आयो २ खर्ब २८ अर्ब रेमिट्यान्स, कामका लागि बाहिरिए १ लाख युवा फाइल तस्बिर।

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को दुई महिनामा रेमिट्यान्स आप्रवाह २२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौ महिनामा मात्रै २ खर्ब २८ अर्ब ३७ करोड रेमिट्यान्स भित्रिएको छ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १७.७ प्रतिशतले वृद्धि भई १ अर्ब ७३ करोड पुगेको छ। गत आवको पहिलो दुई महिनामा ११.३ प्रतिशतले बढेको थियो।

साउन र भदौमा रोजगारीका लागि १ लाख ६ हजारभन्दा बढी युवा बाहिरिएका छन्। यस अवधिमा ७४ हजार ४५५ जनाले संस्थागत तथा व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएका छन्।

त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ३२ हजार ४ छ।

प्रकाशित: ३० असोज २०८० १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =