चार महिनामा भित्रियो ४ खर्ब ७८ अर्ब रेमिट्यान्स, श्रमका लागि बिदेसिए २ लाख युवा

हिमाल प्रेस २८ मंसिर २०८० १३:३१
10
SHARES
चार महिनामा भित्रियो ४ खर्ब ७८ अर्ब रेमिट्यान्स, श्रमका लागि बिदेसिए २ लाख युवा फाइल तस्बिर।

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को चार महिनामा रेमिट्यान्स आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन-कात्तिकको अवधिमा ४ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो।

गत आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेको थियो। महिनामा १ खर्बमाथि आइरहेको रेमिट्यान्स मुलुकको वैदेशिक मुद्रा सञ्चितिका लागि महत्त्वपूर्ण हिस्सा बनेको छ।

यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ पुगेको छ। त्यस्तै ६८ हजार ८४१ जनाले पुनः श्रम स्वीकृति लिएका छन्।

गत आर्थिक वर्ष २०७९/८० को चार महिनामा १ लाख ९६ हजार ७३५ जनाले नयाँ र ८७ हजार ४२८ जनाले पुनः श्रम स्वीकृति लिएका थिए।

प्रकाशित: २८ मंसिर २०८० १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + twelve =