मुख्यमन्त्रीले गरे प्रहरीको प्रशंसा

हिमाल प्रेस ३० असोज २०८० १४:४८
2
SHARE
मुख्यमन्त्रीले गरे प्रहरीको प्रशंसा

जनकपुरधाम-  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल प्रहरी विभिन्न आरोहअवरोह पार गर्दै नागरिकमा विश्वास जित्न सफल भएको बताएका छन्। उनले नेपाल प्रहरीले नागरिकको मनमा जगाएको आसाभरोसालाई शंकाको घेरामा आउन नदिन आग्रहसमेत गरे।

मधेश प्रदेश कार्यालयले ६८औँ प्रहरी दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री यादवले नागरिकमा रहेको नेपाल प्रहरीप्रतिको भरोसामा शंका उत्पन्न भए नेपाल प्रहरीकै साखमा दाग लाग्ने बताए। उनले ६८ वर्षको इतिहासमा बाधाव्यवधानहरु पार गर्दैै आफ्नो दक्षता प्रमाणित गर्दै आइरहेको भन्दै नेपाल प्रहरीको प्रशंसा गरे।

मुख्यमन्त्री यादवले देश बनाउने जिम्मा राजनीतिकर्मीहरुको मात्र नभई नेपाल प्रहरीको समेत रहेको बताउँदै निःस्वार्थ भावले काम गर्न आग्रह गरे ।

कार्यक्रममा मधेश प्रदेशका गृह सञचार तथा कानुनमन्त्री मोहम्मद समिमले घामपानीको प्रवाह नगर्दै जनताको साथमा रहँदै आएको भन्दै नेपाल प्रहरीको प्रशंसा गरे। उनले राम्रो काम गर्दा कहिलेकाही आक्षेप पनि लाग्न सक्ने तर्फ सचेत रहँदै खुट्टा नकमाउन आग्रह गरे । पछिल्लो समय प्रहरी मेरो साथी नाराले सार्थकता पाई रहेकोमा उहाँले खुसी व्यक्त गरेका थिए।

मधेश प्रदेश प्रहरीका प्रमुख जनक भट्टराईले विषम परस्थितिमा समेत आमनागरिकसँग सहकार्य गर्दै भौगोलिक अखण्डता तथा सार्वभौमिकता कायम राख्न नेपाल प्रहरी सदैव क्रियाशील रहेको प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा प्रहरी सेवामा उत्कृष्ट योगदान दिने प्रहरीहरु, प्रहरी संगठनलाई सहयोग गर्ने संघ संस्थाहरु तथा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रहरीका सन्तानलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो।

प्रकाशित: ३० असोज २०८० १४:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =