म्याग्दीका डीएसपी मदन कुँवर गण्डकीकै उत्कृष्ट जिल्ला प्रमुख

हिमाल प्रेस ३० असोज २०८० १४:५५
6
SHARES
म्याग्दीका डीएसपी मदन कुँवर गण्डकीकै उत्कृष्ट जिल्ला प्रमुख

पोखरा- प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रहरी प्रमुख बनेका छन्। उनी हाल जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत छन्। ६८ औँ प्रहरी दिवसका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालयले उनलाई उत्कृष्ट जिल्ला प्रमुखका रूपमा सम्मान गरेको हो।

सर्वोत्कृष्ट अनुसन्धानतर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायब निरीक्षक रामबहादुर क्षत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षणतर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायब निरीक्षक रुद्रबहादुर दरै, सूचना सम्प्रेषण तथा जनचेतना अभिवृद्धितर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक निरीक्षक सहदेव पौडेल सम्मानित भए।

उत्कृष्ट सवारी चालकमा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा, योगेन्द्र स्मृति साहसिक पुरस्कारबाट इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका प्रहरी जवान कुमार फालमगर र बाह्य प्रशिक्षणतर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी जवान किरण थापा उत्कृष्ट भए।

प्रहरी कार्यमा सहयोग पुर्‍याउने पोखरा १५ समाजसेवी प्रेमबहादुर थापा र जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मानित भएका छन्।

समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउने सर्वसाधारणतर्फ सामुदायिक प्रहरी सेवा केन्द्र बगर, पोखरा रामप्रसाद अधिकारी, सामुदायिक माटेपानी कास्कीकी अध्यक्ष मीरा आचार्य, सामुदायिक बगर कास्कीका पूर्व अध्यक्ष मनपति भण्डारी र सामुदायिक लेखनाथ कास्कीका संस्थापक अध्यक्ष मोती गिरी सम्मानित भए।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट सहयोग पुर्‍याउने स्थानीय तहतर्फ स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र बागलुङको बडिगाढ गाउँपालिका सम्मानित भए।

८५ वर्षभन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीतर्फ कास्कीको रुपाका पूर्व प्रहरी सहायक निरीक्षक सिद्धिनारायण श्रेष्ठ, नेपाल प्रहरी विद्यालय उत्कृष्ट शिक्षकतर्फ नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका नेपाली शिक्षक राजन सिग्देल सम्मानित भए। उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मानपत्र हस्तान्तरण गरेका हुन्।

प्रकाशित: ३० असोज २०८० १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =