कोशी : हस्ताक्षर गरेका सदस्यहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्ति

हिमाल प्रेस २६ असोज २०८० १८:३७
20
SHARES
कोशी : हस्ताक्षर गरेका सदस्यहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्ति कांग्रेसका कार्की र माओवादीका आङ्बो।

इटहरी– कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको सनाखत गरेर मात्रै मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। यसका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयमा सनाखत गर्न भनिएको छ।

मुख्यमन्त्रीमा कांग्रेस संस्थापन पक्ष, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलले माओवादीका इन्द्र आङ्बो र नेपाली कांग्रेसको डा. शेखर कोइराला समूह र नेकपा एमालेको समर्थनमा कांग्रेसका केदार कार्कीले दाबी पेस गरेका छन्। केही सांसदहरूको हस्ताक्षर दुवैतिर देखिएपछि प्रदेश प्रमुख खापुङले सनाखत गर्ने तयारी गरेका हुन्।

माओवादीका आङ्बो र डा. शेखर समूहका कार्कीले ४७/४७ सदस्यहरूको समर्थन रहेको भनेर हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

प्रकाशित: २६ असोज २०८० १८:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + sixteen =