सहरमा आज : मेला, नाटक मञ्चन र थरीथरीका फिल्म

सुस्मिता बजगाईं २७ असोज २०८० ७:१२
48
SHARES
सहरमा आज : मेला, नाटक मञ्चन र थरीथरीका फिल्म

काठमाडौँ- नेपालीको सबैभन्दा ठूलो चाड दसैँको चहलपहल सुरु भएको छ। दसैँ विशेष विभिन्न मेला, महोत्सव र सांस्कृतिक कार्यक्रम पनि भइरहेका छन्। बजार, बसपार्क, चोक अनि गल्लीमा मान्छेको भीड लागेको छ। कोही घर जान टिकट लिन लाइनमा छन् त कोही दसैँ सपिङमा व्यस्त। यी त भए राजधानीको पछिल्लो अवस्था। यसका साथसाथै सप्ताहन्तमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले पनि निरन्तरता पाइरहेका छन्। दसैँको चहलपहल पनि भएकाल यस्ता कार्यक्रम विशेष महत्त्वका छन्।

लेखक बुद्धिसागरको पाँचौँ कृति ‘उसले दिएको उमेर’ को पुस्तक हस्ताक्षर कार्यक्रम शनिबारका लागि तय भएको छ। नाटकघरमा नाटक ‘ब्युँझिएको सिरानी’ र ‘द वेडिङ एल्बम’ हेर्ने दर्शकको घुइँचो घटेको छैन। हलमा पनि चार नेपालीसहित बलिउड र हलिउड फिल्मबीच प्रतिस्पर्धा कायम छ।

उसले दिएको उमेर

जमलस्थित एजुकेसन बुक हाउसमा लेखक बुद्धिसागरको ‘उसले दिएको उमेर’ को पुस्तक हस्ताक्षर कार्यक्रम हुँदैछ।

कार्यक्रम शनिबार दिउँसो २ बजे हुनेछ। पुस्तक फाइनप्रिन्टले प्रकाशक गरेको हो। बुद्धिसागरको यो संस्मरणात्मक पुस्तक हो। पुस्तकमा उनले आफ्नै जीवनका केही स्मृतिलाई समेटेका छन्।

केही दिनअघि बुद्धिसागरले डिजिटल माध्यमबाट पुस्तक सार्वजनिक गरेका थिए। कैलालीमा जन्मिएका बुद्धिसागरका ‘एक्लो’, ‘फिरफिरे’, ‘कर्नाली ब्लुज’, र ‘बुद्धिसागरका कविता’ कृति प्रकाशित छन्।

मण्डलामा ‘ब्युँझिएको सिरानी’

थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘ब्युँझिएको सिरानी’ मञ्चन भइरहेको छ। नाटक मानसिक स्वास्थ्यका विषयमा आधारित छ।

असोज २८ सम्म मञ्चन हुने भनिएको नाटकको सो थपिएको छ। नाटक कात्तिक २ गतेसम्म मञ्चन गरिनेछ। नाटकको निर्देशन कलाकार तथा कोरियोग्राफर जेडी तमूले गरेका छन्। नाटकले मानसिक दुर्बलतामाथिको मौनता तोड्ने प्रयास गरेको छ।

नाटक प्रत्येक दिन बेलुका पाँच बजे मञ्चन भइरहेको छ। शनिबार दिउँसो १ बजेको अतिरिक्त सो हुनेछ।

नाटकमा कलाकार रूपेश लामा, वेदना राई, सुरज तमू, मनि के राई, सुजन सेनेहाङ, सृष्टि महर्जन, दिया शाक्य, रेनुका घर्ती मगर, मुस्कान राउत, लुनिभा महर्जन, रामचन्द्र पनेरू, ग्लोरी थापा, सिर्जना भट्टराईलगायतले अभिनय गरेका छन्।

कौसीमा ‘द वेडिङ एल्बम’

टेकुस्थित कौसी थिएटरमा नाटक ‘द वेडिङ एल्बम’ मञ्चन भइरहेको छ। भारतीय रंगकर्मी गिरीश कर्नाडको नाटकलाई आकांक्षा कार्कीले नेपालीमा अनुवाद एवं निर्देशन गरेकी छन्।

नाटकमा निर्देशक कार्कीसहित लुनिभा तुलाधर, आशान्त शर्मा, सुदाम सिके, केनिपा सिंह पहारी, नवीनचन्द्र अर्याल, ऋषिकेश बस्याल, जीवन गौतम, निष्ठा त्रिपाठीलगायत कलाकारको अभिनय छ। असोज २७ गतेसम्म मञ्चन गरिने भनिएको नाटकको सो दुई दिन थपिएको छ। २९ गतेसम्म हुनेछ। नाटकको आज दुई सो छ। दिउँसो एक बजे र बेलुका ५ बजे।
आइतबार बेलुका पाँच बजे र सोमबार दिउँसो १ बजे गरी दुई सो हुनेछ।

भृकुटीमण्डपमा जुत्ताचप्पल मेला

दसैँको अवसरमा भृकुटीमण्डपमा जुत्ताचप्पल मेला चलिरहेको छ। असोज २ गते सुरु भएको मेला कात्तिक ४ गतेसम्म चल्नेछ।
मेलामा शिखर सुज, सु-ल्यान्ड, पिजी सुज, वन वल्र्ड, फुट स्टेप, रन सुज, ब्याम्बु र हिमानी कलेक्सनलगायतका ब्रान्डका जुत्ता राखिएका छन्।

हलमा थरीथरी फिल्म

उपत्यकाका विभिन्न हलमा नेपाली, हिन्दी र अंग्रेजी फिल्म प्रदर्शनरत छन्। नेपालीमा ‘कौसीद’ ‘बान्सेन्जी’, ‘परदेशी २’ र ‘नाङ्गो गाउँ’ चलिरहेको छ। बलिउड फिल्म ‘मिसन रानीगन्ज’, ‘फुक्रे ३’, ‘चन्द्रमुखी २’ र ‘जवान’, हलिउड फिल्म ‘प पेट्रोल ः द माइडी मुभिज’ र ‘स एक्स’ प्रदर्शन भइरहेको छ।

बासेन्जी

फिल्म ‘बासेन्जी’ असोज २६ गतेदेखि प्रदर्शन भइरहेको छ। यो नेपालमा पहिलोपटक भिडियो गेम शैलीमा बनेको फिल्म हो। यसको निर्देश अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टले गरेका हुन्।

फिल्ममा मिथिला शर्मा, सरिता गिरी, असीम निरौला, सुप्रिम राई, मोक्ष अधिकारी, अंकित खड्का, प्रवेश उप्रेती, प्रतिक दुलाल, सुदीपा पाठक, निरु खड्कालगायत कलाकारको अभिनय छ। फिल्म गौरीशंकर इन्टरटेनमेन्टले निर्माण गरेको हो।

उपत्यकामा शनिबार वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बीएसआर मुभिज, सीके सिनेमाज, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्समा ‘बासेन्जी’ प्रदर्शनरत छ।

कौसीद

फिल्म ‘कोसीद’ असोज २६ गतेदेखि प्रदर्शन भइरहेको छ। अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहेको फिल्म कुमार भाष्करले निर्देशन गरेका हुन्। फिल्म ऋणको चपेटामा परेको व्यक्तिको कथामा आधरित छ। फिल्मले मिटरब्याज पीडित र शिक्षक आन्दोलनलाई पनि समेटेको छ।

फिल्ममा ऋचासहित भोलाराज सापकोटा, रूपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई, सन्दीप लोहनीलगायत कलाकारको अभिनय छ।

केदार भुसालले निर्माण गरेको फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा लेखन छ। निशान पौडेलले छायांकन र भीम विश्वकर्माले सम्पादन गरेको फिल्म बड पिक्चर्सको ब्यानरमा निर्माण भएको छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बीएसआर मुभिज, सीके सिनेमाज, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्स र बिग मुभिजमा फिल्म ‘कौसीद’ चलिरहेको छ।

परदेशी २

फिल्म ‘परदेशी २’ पनि असोज २६ गतेदेखि प्रदर्शन भइरहेको छ। फिल्ममा लोकप्रिय प्रकाश सपूत मुख्य भूमिकामा छन्। यसै फिल्मबाट सपूतले फिल्ममा डेब्यू गरेका हुन्। परदेशीको पीडालाई विषयवस्तु बनाइएको फिल्मका निर्देशक नारायण रायमाझी हुन्।

फिल्ममा अन्य कलाकार वर्षा शिवाकोटी, केकी अधिकारी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलिया, देबेन्द्र बब्लु, सविन बास्तोला, रोशनी कार्कीलगायतको अभिनय छ।

रमेश बिजीको कथा तथा पटकथा लेखन रहेको फिल्म मानकृष्ण महर्जनको छायांकन, दीर्घ खड्काको सम्पादन, अष्ट महर्जनको द्वन्द्व निर्देशनमा बनेको छ। नारायण इन्टरनेसनलको प्रस्तुति रहेको फिल्ममा निर्देशक रायमाझी र राजेश वंशल (अग्रवाल) ले संयुक्त लगानी गरेका छन्।

शनिबार उपत्यकामा क्यूएफएक्स अन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, बीएसआर मुभिज, सिके सिनेमाज, एफक्यूब सिनेमाज, सीडीसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेमा फिल्मको सो छ।

नाङ्गो गाउँ

भदौ २९ गतेदेखि फिल्म ‘नाङ्गो गाउँ’ प्रदर्शन जारी छ। फिल्म राजनीतिक विषयवस्तुमा आधारित छ। फिल्मका कलाकार दयाहाङ राई र शिशिर वाङ्देलको चुनावी प्रतिस्पर्धा फिल्मको कथा बनेको छ।

फिल्ममा अन्य कलाकार मिरुना मगर, कार्म शाक्य, साम्राज्ञीराज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, शारदा गिरीलगायत छन्। दीपेन्द्र लामाले पटकथा लेखन र निर्देशन गरेको फिल्म आलोक शुक्लाको छायांकन, बनिश शाहको सम्पादन र जय श्रेष्ठको निर्माणमा बनेको छ।

शनिबार उपत्यकामा क्युएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बीएसआर मुभिज, सिके सिनेमाज, एफक्युब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्म ‘नाङ्गो गाउँ’ चलिरहेको छ।

मिसन रानीगन्ज

बलिउड फिल्म ‘मिसन रानीगन्ज’ नेपालमा असोज १९ गतेदेखि प्रदर्शन भइरहेको छ। फिल्ममा कोइला खानी उद्धार अभियानको कथा प्रस्तुत गरिएको छ। टीनु सुरेश देसाईले निर्देशन गरेको फिल्मका निर्माता दीपशिखा देशमुख हुन्।

फिल्ममा कलाकार अक्षय कुमार, परिणित चोपडा, कुमुद मिश्रा, पवन मल्होत्रा, रवी किशन, वरुण बडोला, दिव्यन्दु भट्टाचार्य, राजेश शर्मा, वीरेन्द्र सक्सेना, शिशिर शर्मा, अनन्त महादेवन, जमिल खान, सुधीर पाण्डे, बचन पचेरा, मुकेश भट्टलगायतको अभिनय छ।

शनिबार क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेक्याक्स र लबिम मलमा फिल्मको सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्युब सिनेमाज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्समा ‘मिसन रानीगन्ज’ चलिरहेको छ।

चन्द्रमुखी २

बलिउड फिल्म ‘चन्द्रमुखी २’ असोज ११ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। हरर, कमेडी र ड्रामा जनरामा बनेको फिल्म फिल्म पी वासुले निर्देशन गरेका छन्। फिल्ममा कंगना रनावत, वडिवेलु, सत्यराजलगायतको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, भाटभटेनी भक्तपुर र लबिम मलमा फिल्मको सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, सिके सिनेमाज, एफक्यूब सिनेमाज, क्युज सिनेमाज, रञ्जना सिनेप्लेक्सलगायत हलमा बलिउड फिल्म ‘चन्द्रमुखी २’ चलिरहेको छ।

फुर्के ३

बलिउड फिल्म ‘फुक्रे ३’ असोज १२ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। फिल्म मृगदीप सिंह लाम्बाले निर्देशन गरेका छन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्ममा अलि फजल, पंकज त्रिपाठी, फरहान अख्तरलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आईप्लेक्स मल, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति सिनेप्लेक्समा फिल्म ‘फुर्के ३’ चलिरहेको छ।

जवान

बलिउड फिल्म ‘जवान’ भदौ २२ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ। एट्लीको निर्देशनमा बनेको फिल्ममा बलिउड सुपरस्टार शाहरुख खान, नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। एक्सन र थ्रिलर जनरामा बनेको फिल्म जिके विष्णुको छायांकन, रूबेनको सम्पादनमा बनेको छ। फिल्ममा गौरी खानले लगानी गरेका छन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, छाया सेन्टर, भाटभटेनी भक्तपुर, दरबार सिनेम्याक्स र लबिम मलमा फिल्मको सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, एफक्युब सिनेमाज, बिएसआर मुभिज, सीडीसी सिनेमाज, बिग मुभिज, सीके सिनेमाज, रञ्जना सिनेप्लेक्स, क्युज सिनेमाज बलिउड फिल्म ‘जवान’ चलिरहेका हल हुन्।

प पेट्रोल : द माइडी मुभिज

असोज १९ गतेदेखि हलिउड फिल्म ‘प पेट्रोल : द माइडी मुभिज’ नेपालमा प्रदर्शन भइरहेको छ। एडभेन्चर र फ्यामिली जनरामा बनेको फिल्म क्यालन ब्रनकरले निर्देशन गरेका हुन्। फिल्ममा टायलर पेरी, तारा पी हेन्सन, ड्याक्सं सेपर्ड, जेक टि अस्ट्रिनलगायत कलाकारको अभिनय छ। आज क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मलमा फिल्मको सो छ।

स एक्स

हलिउड फिल्म ‘स एक्स’ नेपालमा प्रदर्शन भइरहेको छ। असोज १२ गतेदेखि प्रदर्शन भएको फिल्म हरर र थ्रिलर जनरामा बनेको छ। आज उपत्यकामा क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मलमा फिल्मको सो छ।

प्रकाशित: २७ असोज २०८० ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =