फेरि सर्‍यो ‘परदेशी २’ को प्रदर्शन मिति

हिमाल प्रेस १३ चैत २०७९ १३:५२
6
SHARES
फेरि सर्‍यो ‘परदेशी २’ को प्रदर्शन मिति

काठमाडौँ- फिल्म ‘परदेशी २’ले तेस्रोपटक प्रदर्शन मिति सारेको छ। फिल्म आगामी कात्तिक ३ मा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

फिल्मका निर्देशक नारायण रायमाझीले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सार्वजनिक गर्दै भिडियो संवादमार्फत नै परिवर्तन भएको मितिबारे खुलाएका छन्।

उक्त भिडियोमा दसैंमा घर आउने भनेको परदेशी छोरो आउन नपाएको, फागुनमा आउने भनिएपनि आउन नसकेको आमा छोराबीचको संवाद छ।

जसमा ‘परदेशी २’ को रिलिज मिति परिवर्तनको कारणलाई चित्रण गरिएको छ। अब पुनःआगामी दसैंमा आउने वाचालाई नयाँ मितिको संकेत गरेको छ।

भिडियोमा गायक प्रकाश सपुत र रमा थपलियाको अभिनय देख्न सकिन्छ।

आगामी कात्तिक ४ गते फूलपातीको दिन पर्दछ। फिल्ममा प्रकाश र रमासहित नीर शाह, केकी अधिकारी, वर्षा शिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ।

प्रकाशित: १३ चैत २०७९ १३:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + nineteen =