काठमाडौँ- संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेर १ मिनेट जाँदाका लागि बोलाइएको छ ।
बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
साथै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित: २३ असोज २०८० ७:२२
प्रतिक्रिया