सुरक्षित फर्किइन् इजरायलमा फसेकी भारतीय अभिनेत्री

हिमाल प्रेस २२ असोज २०८० १२:३१
12
SHARES
सुरक्षित फर्किइन् इजरायलमा फसेकी भारतीय अभिनेत्री

काठमाडौँ- इजरायलमा फसेकी बलिउड अभिनेत्री नुसरत भरुचा हिजो (अक्टोबर ८)मा भारत सुरक्षित आइपुगेकी छन्। हमासले गाजापट्टीबाट इजरायलमा हमला गर्दा उनी त्यतै थिइन्। सेप्टेम्बर २८ देखि अक्टोबर ७ सम्म  भएको हाइफा अंतर्राष्ट्रीय फिल्म महोत्सवमा सहभागी हुन उनी इजरायल पुगेकी हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई विमानस्थलमा पुग्दा उनी निकै डराएकी देखिन्थिन्। विमानस्थलमा सञ्चारकर्मीले उनीसँग कुरा गर्न खोज्दा उनी बोलिनन्। उनले आफू बोल्न नसक्ने अवस्थामा रहेको भन्दै पत्रकारहरूसँग केही समय मागेकी छन्। ‘मलाई केही समय दिनुहोस्,’ उनले भनेकी छन्।

‘प्यारका पंचनामा’, ‘सोनु की टिटु की स्विटी’, ‘छलाङ’, ‘छोरी’लगायत हिन्दी फिल्ममा उनले काम गरेकी छन्।

प्रकाशित: २२ असोज २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =