एमाले सुदुरपश्चिमको अधिवेशन आज, उद्घाटनका लागि ओली धनगढी जाँदै

हिमाल प्रेस २१ असोज २०८० ७:५६
4
SHARES
एमाले सुदुरपश्चिमको अधिवेशन आज, उद्घाटनका लागि ओली धनगढी जाँदै

काठमाडौँ- नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाँदै छन्।

अध्यक्ष ओलीको सचिवालयका अनुसार बिहान पौने ९ बजे धनगढीका लागि प्रस्थान गर्ने तयारी छ। एमालेका सात भौगोलिक र एक गैरभौगोलिक प्रदेश कमिटी मध्ये छ वटाको अधिवेशन भइसकेको छ।

जसमा सबभन्दा पहिला लुम्बिनी प्रदेशको अधिवेशन भदौको १६ र १७ गते भएको थियो।
त्यसपछि भौगोलिकतर्फ बागमती,कर्णाली,कोशी र गण्डकी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन्।

गैरभौगौलिकतर्फ उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन पनि सम्पन्न भइसकेको छ। अब सुदूरपश्चिम र मधेश प्रदेशको अधिवेशन हुन बाँकी छ।

प्रकाशित: २१ असोज २०८० ७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 18 =