हमास आक्रमणमा ७ जना नेपाली घाइते, १७ जना हमासको नियन्त्रणमा

हिमाल प्रेस २० असोज २०८० २०:०९
10
SHARES
हमास आक्रमणमा ७ जना नेपाली घाइते, १७ जना हमासको नियन्त्रणमा फाइल तस्बिर : एपी

काठमाडौँ- प्यालेस्टेनी विद्रोही समूह हमासले इजरायलमा गरेको रकेट आक्रमणमा परी कम्तीमा ७ जना घाइते भएका छन्।

इजरायलको गाजा सहरबाट स्थानीय समयअनुसार शनिबार बिहान करिब साढे ६ बजेपछि निरन्तर भएको हमलामा कम्तीमा १७ जना नेपाली हमासको नियन्त्रणमा रहेका इजरायलस्थित राजदूतासलाई उद्धृत गर्दै समाचार एजेन्सी एएनआईले खबर लेखेको छ।

आक्रमणमा परी करिब ४० जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्। सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै नबस्न आग्रह गर्दै इजरायली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनले चेतावनी दिएका छन्। इजरायली सरकारले हमासविरुद्ध युद्ध घोषणा गरेको छ।

इजरायलमा ‘हमास’को रकेट आक्रमण

प्रकाशित: २० असोज २०८० २०:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =