इजरायलमा निधन भएका चार जनाको शव धनगढी पुर्‍याइयो

हिमाल प्रेस ५ कार्तिक २०८० १९:१०
12
SHARES
इजरायलमा निधन भएका चार जनाको शव धनगढी पुर्‍याइयो इजरायलमा हमास समूहको आक्रमणमा परी मारिएका नेपालीको शव त्रिभुवन विमानस्थलमा। फाइल तस्बिर

काठमाडौँ– इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपालीमध्ये आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका चार वटा पार्थिव शरीरलाई धनगढी पुर्‍याइएको छ। नेपाली सेनाको स्काई ट्रकबाट ती शव धनगढी विमानस्थलमा पुर्‍याइएको नेपाली सेनाले जनाएको छ।

दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपालीमध्ये चारवटा शव आइतबार नेपाल ल्याइएको थियो।  इजरायल सरकारले पहिचान भएका शवको कानुनी प्रक्रिया पूरा गरी नेपाली दूतावासलाई बुझाएमध्ये दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट तथा कैलालीका नारायणप्रसाद न्यौपाने र आशीष चौधरीको शव ल्याइएको थियो। ती शव आफन्तलाई बुझाउन सेनाले धनगढी लगिदिएको हो।

ती शव कैलाली जिल्ला प्रशासन कार्यालयले समन्वय गरी आइतबार नै परिवारजनलाई हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।

गत असोज २० गते गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा छ।

 

प्रकाशित: ५ कार्तिक २०८० १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =