प्रधानसेनापति शर्मा भोलि बेलायत जाँदै

हिमाल प्रेस २० असोज २०८० ७:४६
338
SHARES
प्रधानसेनापति शर्मा भोलि बेलायत जाँदै प्रधानसेनापति प्रभुराम शर्मा।

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा भोलि (आइतबार)बेलायतको औपचारिक भ्रमणमा जाँदैछन्। उनी प्रधानसेनापति भएपछि भारत र अमेरिकाको औपचारिक भ्रमण गरिसकेका छन्। उनी बेलायतको ६ दिने भ्रमण सकेर नेपाल फर्केपछि उत्तरी छिमेकी चीनको औपचारिक भ्रमणको तयारीमा रहनेछन्।

बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा शर्मा बेलायत भ्रमणमा निस्कन लागेका हुन्। नेपाल र बेलायतको सेनाबीचको सम्बन्ध निकै पुरानो र बलियो रहेको छ। नेपालीहरू बेलायती सेनामा रहेका र उनीहरूले भीभीआईपीहरुकै सुरक्षामा समेत भूमिका निभाउने हुनाले पनि नेपाली प्रति बेलायती बुझाई सकारात्मक र सेनामा पनि त्यो प्रभाव देखिने गरेको छ।

आठवर्ष अघि भुकम्पको समयमा बेलायती सेनाले आफ्नो चिनुक हेलिकप्टर नेपाल ल्याएर उद्धार कार्यमा लाग्न खोज्दा नेपालले सहमति नदिएपछि सम्बन्धमा केही चिसोपन आएको थियो । अहिले सम्बन्ध राम्रो रहिसकेकोले पनि यो भ्रमणले झनै उचाईमा लैजाने विश्वास नेपाली सेनाको छ।

उनी २६ असोजमा फर्किने छन्। सेना प्रमुखको रुपमा दुई वर्ष पुरा गरिसकेका शर्माले अब हुने नेपाली सेनाको प्रमुखको लाइन पनि स्पष्ट पार्न पर्नेछ। अघिल्ला सेनापति पूर्णचन्द्र थापाले दुईवर्ष कार्यकाल पुरा गरेकै दिनमा दिएको भाषणमा नै को प्रमुख हुने अन्यौलता आफूले चिरेको बताएका थिए। त्यतीबेला नै शर्मा आगामी सेनापति भन्ने स्पष्ट भइसकेकाे थियो। यद्यपि जानेबेलामा समय थप्‍ने लगायतका विषयमा भएको छलफल र तयारी विना कमाण्ड प्रणालीमा लैजाने निर्णयले विवादित बने।

शर्माले पनि अब्बल ब्यक्तिलाई भावि प्रधानसेनापतिको स्पष्ट संकेत दिएर अघि बढाएकै होलान तर उनले त्यो विषयलाई बाहिर ल्याएर सेना भित्रको लोकतान्त्रिक पद्दतिलाई थप बलियो बनाउन आवश्यक छ। राजनीतिक कारणले गर्दा प्रधानसेनापतिले यो विषयमा पर्ख र हेर को नीति लिए पनि सेनाप्रमुखको निर्णयलाई मिल्काउने वा वेवास्ता गर्ने कार्य राजनीतिक दलले गरेका छैनन्।

प्रकाशित: २० असोज २०८० ७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 17 =