![बझाङ भूकम्प अपडेट : विद्यालय ध्वस्त, विद्यार्थी घाइते [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/10/bajhang-school-earthquake.jpg) मंगलबार गएको शक्तशाली भूकम्पले बझाङमा घाइते विद्यार्थी तथा भत्किएका भाैतिक संरचना
                            मंगलबार गएको शक्तशाली भूकम्पले बझाङमा घाइते विद्यार्थी तथा भत्किएका भाैतिक संरचना
                                            काठमाडौँ- बझाङ केन्द्रविन्दु भएर गएका दुई ठूला भूकम्पका कारण भागदौड हुँदा विद्यार्थी घाइते भएका छन्। साइपाल एफएमले दिएको जानकारीअनुसार जयपृथ्वी नगरपालिका-४ गोलाइको बाल विकास माविको भवन पूर्ण रुपमा भत्किएको छ। जिल्लाका अन्य ठाँउमा समेत धेरै विद्यालयका भवन र घरहरू भत्किएको बताइएको छ।
भूकम्पका कारण जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा पहिरो पनि खसेको छ। पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ। भूकम्पका कारण विद्यालय भवनहरू भत्किएका छन्। स्थानीयका घर भत्किएका छन्। भूकम्पका कारण भएको क्षति विवरण भने आइसकेको छैन।
सबै तस्बिर : साइपाल एफएम बझाङ
 
  
  
  
  
 
                            प्रकाशित: १६ असोज  २०८० १६:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 