एमालेको कर्णालीको मतगणना हुँदै, प्रतिस्पर्धा गुलाबजंग र मिनबहादुरबीच

हिमाल प्रेस १५ असोज २०८० ८:१९
8
SHARES
एमालेको कर्णालीको मतगणना हुँदै, प्रतिस्पर्धा गुलाबजंग र मिनबहादुरबीच

काठमाडौँ- नेकपा एमालेको कर्णाली प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको आज मतगणना हुने भएको छ।

आइतबार ढिला सुरु भएको मतदान राति ९ बजे सकिएको थियो। मतगणनाका लागि बिहान ८ बजे उम्मेदवारका प्रतिनिधिलाई बोलाइएको प्रमुख निर्वाचन अधिकृत मातृका खनालले जानकारी दिए। बिहान ८ बजेदेखि मत गणना सुरू गर्ने भनिए पनि उम्मेदवारका प्रतिनिधिसँग छलफल गरेर मतगणना थालिने खनालले बताए।

कर्णाली एमालेमा ६१६ जना मतदातामध्ये ६ सय ९ मत खसेको छ। बुधबारदेखि सुरु भएको प्रथम प्रदेश अधिवेशनबाट नयाँ चयन हुनेछ। १३५ सदस्यीय प्रदेश कमिटीमा पहिलो चरणमा १२५ जना निर्वाचित हुनेछन्। तीमध्ये पनि लेखा समितिका उपाध्यक्षसहित ४४ जना सदस्यहरु निर्विरोध चयन भईसकेका छन्।

कर्णाली प्रदेश कमिटीको अध्यक्षमा तीन जनाबीच प्रतिस्पर्धा भएको छ। सल्यानका गुलाबजंग शाह, कालीकोटका मिनबहादुर शाही र प्रकाश रोकायाले अध्यक्षमा उम्मेदवारी दिएका छन्।

यस्तै उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, मुगुका दानसिंह परियार र जाजरकोटका लालबहादुर महाताराबीच प्रतिस्पर्धा छ।

सचिवमा सुर्खेतका ध्रुवकुमार शाही र दैलेखका रुद्रबहादुर शाही उम्मेदवार छन्। उपसचिवमा मुगुका उब्जनबहादुर शाही, सुर्खेतका तेजकुमार विक, जुम्लाका धिरेन्द्रराज गिरी, रुकुम पश्चिमका नारायणकुमार शाह, सुर्खेतका पद्मा खड्का, जुम्लाका मेनका पछाई, कालीकोटका रमेशकुमार शाही, दैलेखका रविन्द्रराज शाही र बखतबहादुर भण्डारी उपसचिव पदका लागि प्रतिस्पर्धामा छन्।

प्रकाशित: १५ असोज २०८० ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eleven =