प्रचण्डको निर्देशन विपरीत विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

हिमाल प्रेस २१ चैत २०८० ८:१२
14
SHARES
प्रचण्डको निर्देशन विपरीत विश्वासको मत लिँदै कर्णालीका मुख्यमन्त्री

काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।

यसअघि मंगलबार मुख्यमन्त्रीले विश्वासको मत लिने तय थियो। तर गठबन्धनको प्रमुख घटक एमालेले असन्तुष्टि देखाउँदै विश्वासको मत नदिने भएपछि मुख्यमन्त्रीको आग्रहमा प्रदेश सभाको बैठक आजका लागि सारिएको थियो।

सत्ता गठबन्धनको भागबन्डामा कर्णाली प्रदेश एमालेले पाउने सहमति भएको थियो। तर गठबन्धनले भागबन्डाको निर्णय गर्नुअघि नै कर्णालीमा मुख्यमन्त्री शर्माले प्रदेश सभालाई विश्वासको मत लिने सूचना दर्ता गराएका थिए।

भागबन्डामा कर्णाली एमालेले लिने भएपछि मुख्यमन्त्रीलाई विश्वासको मत नलिई राजीनामा गर्न एमालेले आग्रह गरेको थियो।

 

प्रकाशित: २१ चैत २०८० ८:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 11 =