कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

हिमाल प्रेस २२ फागुन २०८० १६:१४
24
SHARES
कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस

सुर्खेत- नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ। केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै कांग्रेस कर्णाली सरकारबाट बाहिरिएको हो।

कर्णाली सरकारमा कांग्रेसबाट आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर विसी र  सामाजिक विकासमन्त्रीमा खड्कबहादुर पोखरेल थिए।

सरकार छाड्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेससँगको गठबन्धन तोडेर अर्को गठबन्धनमा लागेपछि सरकारबाट बाहिरिने निर्णयमा पुगेको बताए।

पत्रकार सम्मेलनमा सिंहले भने,‘कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अर्को गठबन्धनमा लागेपछि सरकारमा बसिरहन उपयुक्त लागेन। संसदीय दलको निर्देशनअनुसार सरकार छोड्ने निर्णय गरेका हौं।’

त्यसैगरी उनले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए।

प्रकाशित: २२ फागुन २०८० १६:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 7 =