माध्यमिक अध्यापन अनुमतिपत्रको नतिजा [सातै प्रदेशको सूची]

हिमाल प्रेस १९ असोज २०८० १०:०१ | Friday, October 6, 2023
माध्यमिक अध्यापन अनुमतिपत्रको नतिजा [सातै प्रदेशको सूची]

काठमाडौँ- शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको छ। आयोगले भदौ २३ गते सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो। अध्यापन अनुमतिपत्रमा उत्तीर्ण प्रतिस्पर्धीले मात्रै आयोगबाट सञ्चालन हुने खुला प्रतियोगितामा भाग लिन पाउने कानुनी व्यवस्था रहेको छ।

परीक्षामा उत्तीर्ण उम्मेदवारको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्वय एकाइबाट हुने आयोगले जनाएको छ। वितरण कार्य सुरु हुने सूचना आयोगको वेबसाइटमा पछि प्रकाशन गरिने पनि आयोगको सूचनामा प्रकाशित छ।

अध्यापन अनुमतिपत्र लिन जाँदा तोकिए बमोजिमको निवेदन, शैक्षिक योग्यताको हकमा माध्यमिक शिक्षा परीक्षादेखि तोकिएको न्यूनतम शैक्षिक योग्यता उत्तीर्ण गरेको प्रमाणपत्र र शिक्षा विषयमा कम्तीमा १० महिना तालिम प्राप्त गरेको प्रमाणपत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ।

मान्यता प्राप्त शिक्षण संस्था/शिक्षाशास्त्र संकायबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेको भए उक्त योग्यता तालिमसरह हुनेछ आयोगको सूचनामा जनाइएको छ। विज्ञान, गणित, अङ्ग्रेजी, लेखा, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, पशुपालन र बाली विज्ञान विषयबाट स्नातक वा स्नातकोत्तर तह उत्तीर्ण गरेकाको हकमा तालिम नलिए पनि मान्य हुनेछ।

यस्तै हालसालै खिचेको पासपोर्ट साइजको दुई प्रति फोटो,  प्रवेशपत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, विदेशी शिक्षण संस्थाबाट शैक्षिक योग्यता प्राप्त गरेका उम्मेदवारको हकमा समकक्षताको प्रमाणपत्र पेस गर्नुपर्नेछ।

प्रकाशित: १९ असोज २०८० १०:०१ | Friday, October 6, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast