सरकारले अर्थ समितिलाई टेरेन : समिति सभापति चालिसे

हिमाल प्रेस १२ असोज २०८० १६:२३
6
SHARES
सरकारले अर्थ समितिलाई टेरेन : समिति सभापति चालिसे

काठमाडौँ- अर्थ समिति सभापति सन्तोष चालिसेले समितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा चालिसेले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताए।

समितिको बैठकले दिएका निर्देशन सरकारले कार्यान्वयन नगर्दा बैठक भत्ता मात्रै लिएको नकारात्मक सन्देश गएको चालिसेको भनाइ छ। समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको उनको भनाइ छ।

‘आजसम्म गरेका समितिका निर्णयहरू ८० प्रतिशत कार्यान्वयन भएका रहेनछन्। ८० प्रतिशत समितिका निर्देशन सरकारले पालना गर्दैन भने समितिको बैठक मात्रै बसेर नकारात्मक सन्देश गयो,’ चालिसेले भने, ‘सरकारले समितिको निर्देशन पालना नगरे समितिको बैठक बस्दैनौँ।’

भन्सार कार्यालयहरूमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउदाँ भन्सारमा अर्बौंको सामान थन्किएर बसेको चालिसेको भनाइ छ।

‘ठूलो रकमको विदेशी मदिराहरू वीरगञ्ज भन्सारमा रहेको र आयात गर्ने मानिस सम्पर्कविहीन भएको कुरा आएको छ। सरकारको राजश्व नउठेर समिति राजश्वको कुरामा चिन्तित छौँ। भन्सारमा राजश्व उठ्ने कुरामा त्यतिकै थन्किएर बसेका छन्,’ चालिसेले भने, ‘अर्थमन्त्रीले दुई महिनाभित्र भन्सारमा रोकिएका सवारीसाधनलगायतका वस्तुहरू भन्सारबाट निकाल्न निर्देशन दिएको कति महिना भयो। काम भयो भएन भन्नेकुरा छ। यति धेरै राजश्व आउने कुरामा हामी सुतेर बसेको छौँ।’

प्रकाशित: १२ असोज २०८० १६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =