ओलीको प्रश्न : देउवा र प्रचण्ड पटकपटक प्रधानमन्त्री हुँदा पनि के काम भयो?

हिमाल प्रेस १२ असोज २०८० १६:११
12
SHARES
ओलीको प्रश्न : देउवा र प्रचण्ड पटकपटक प्रधानमन्त्री हुँदा पनि के काम भयो?

काठमाडौँ– कोशी प्रदेश अधिवेशनको क्रममा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डको आलोचना गरेका छन्। शेरबहादुर देउवा पाँचपटक र पुष्पकमल दाहाल प्रचण्ड तीनपटक देशको प्रधानमन्त्री भए पनि केही काम गर्न नसकेको आरोप ओलीले लगाएका हुन्।

एमाले कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रम बोल्दै एमाले मात्रै जेष्ठ नागरिक, महिला, किशोरीहरूको समस्या बुझ्ने पार्टी भएको दाबी गरे।

एमाले नेतृत्वको सरकारमा आफूले धेरै काम गरेको दाबी गर्दै ओलीले देउवा र प्रचण्डलाई प्रश्न गरेका थिए। ‘महिलाका लागि केही गर्नु भो ? शिक्षामा केही गर्नु भो ? उहाँहरूले केही गर्नुभएन,’ ओलीले भने।

ओलीले एमाले नेतृत्वको सरकारले ३ वर्षमा गरेको कामले दुनियाँ आश्चर्यचकित भएको जिकिर गरे। ओली आफैँ पनि दुई पटक प्रधानमन्त्री भइसकेका छन्।

प्रकाशित: १२ असोज २०८० १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =