वासुदेव त्रिपाठीलाई राष्ट्रकवि माधव घिमिरे पुरस्कार

हिमाल प्रेस ७ असोज २०८० २०:४९
4
SHARES
वासुदेव त्रिपाठीलाई राष्ट्रकवि माधव घिमिरे पुरस्कार

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीलाई प्रदान गरेका छन्।

मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आज (आइतबार) शीतल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले एक लाख राशि र सम्मानपत्रसहितको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्राडा त्रिपाठीलाई प्रदान गरेका हुन्।

राष्ट्रकवि घिमिरेकी पत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी १६ लाखको अक्षयकोष स्थापना गरेसँगै उनको जन्मजयन्तीका अवसर पारेर पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको हो।

यसअघि उनले २०३४ मा मदन पुरस्कार प्राप्त गरेका थिए। प्राडा त्रिपाठीले नेपाली साहित्यको विशिष्ट प्रतिभा राष्ट्रकविको नाममा स्थापित पुरस्कार पहिलोपटक आफूले पाउँदा ज्यादै भाग्यमानी महसुस भएको बताए। उनले नेपाली वाङ्मय र साहित्यको क्षेत्रलाई अगाडि बढाउन राष्ट्रकवि घिमिरेको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + ten =