प्रधानसेनापति शर्मा भारत भ्रमणमा

हिमाल प्रेस ७ असोज २०८० १४:३७
10
SHARES
प्रधानसेनापति शर्मा भारत भ्रमणमा

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत भ्रमणमा निस्किएका छन्। शर्मा सोमबारदेखि बुधबारसम्म नयाँदिल्लीमा आयोजना हुने तेह्रौँ इन्डो प्यासिफिक क्षेत्रका सेना प्रमुखहरूको सम्मेलनमा भाग लिन त्यसतर्फ गएका हुन्।

प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोजप्रताप राणाले बिदाइ गरेका थिए। सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरुको उपस्थिति थियो। भारत जानुपूर्व आइतबार प्रधानसेनापतिलाई जंगीअड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

शर्माको अनुपस्थितिमा बलाधिकृत रथी राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। प्रधानसेनापति शर्मा असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ७ असोज २०८० १४:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =