क्रिकेट संघमा दोहोरिए चन्द, औपचारिक घोषणा हुन बाँकी

हिमाल प्रेस ६ असोज २०८० १२:३२ | Saturday, September 23, 2023
क्रिकेट संघमा दोहोरिए चन्द, औपचारिक घोषणा हुन बाँकी

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)मा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन्। क्यानको केन्द्रीय अधिवेशनमा चन्दका प्रतिद्वन्द्वी मानिएका विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएसँगै चन्द निर्विरोध निर्वाचित भएका हुन्।

यससँगै क्यानको अध्यक्षमा चन्द दोहोरिएका हुन्। यद्यपि चुनावी नतिजाको औपचारिक घोषणा हुन बाँकी नै छ। यसअघि पनि चन्द क्यानका अध्यक्ष हुन्। क्यानको सचिवमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र वर्तमान सचिव प्रशान्त विक्रम मल्लबीच प्रतिस्पर्धा हुने भएको छ।

उपाध्यक्ष वर्तमान कोषाध्यक्ष रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का निर्विरोध निर्वाचित भएका छन्। शुक्रबार साधारण सभाको उद्घाटन कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका थिए।

क्यानको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

प्रकाशित: ६ असोज २०८० १२:३२ | Saturday, September 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast