प्रधानसेनापति भारत जाँदै

हिमाल प्रेस ५ असोज २०८० ६:२८
6
SHARES
प्रधानसेनापति भारत जाँदै प्रधानसेनापति प्रभुराम शर्मा।

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा आगामी आइतबार भारतको नयाँ दिल्ली जान लागेका छन्।

नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म हुने तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

नेपाल सरकारको भदौ २३ गतेको निर्णयबमोजिम नियमितरूपमा सञ्चालन हुँदै आएको यस सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लागेका हुन्।

सम्मेलनका क्रममा आयोजना हुने ४७औँ इन्डो–प्यासिफिम आर्मिज व्यवस्थापन गोष्ठीमा उपरथी योगराज शर्मा र महासेनानी वसन्तबहादुर गौतम सहभागी हुने छन्। भ्रमण दलमा यसपटक सेना प्रमुख सुवेदार रत्नबहादुर थापा मगर पनि संलग्न हुने छन्।

भारत र संयुक्त राज्य अमेरिकाका सेनाको सहआयोजनामा सञ्चालन हुने यसपटकको सम्मेलनमा सहभागी भई प्रधानसेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने छ।

प्रकाशित: ५ असोज २०८० ६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =