कांग्रेसको शेखर समूहको बैठक बस्दै

हिमाल प्रेस २ असोज २०८० ८:३६
4
SHARES
कांग्रेसको शेखर समूहको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको सस्थापन इतर समूहको बैठक आज बस्दैछ । बैठक नेता शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको हो ।

बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

शेखर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल पनि सहभागी हुने बुझिएको छ ।

प्रकाशित: २ असोज २०८० ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − two =