शिवालयमा भक्तजनको भीड [तस्बिरहरू]

दिपेश श्रेष्ठ १ असोज २०८० ९:३०
16
SHARES
शिवालयमा भक्तजनको भीड [तस्बिरहरू]

काठमाडौँ- हरितालिका तीज पर्वका अवसरमा सोमबार देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका पर्व देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वासका कारण नारीहरू व्रत बसेका छन्।

आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ। यस अवुरमा देशभरका शिवालयमा बिहानैदेखि श्रद्धालु नारीहरूको भीड लागेको छ। काठमाडौँ उपत्यकाका पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा भीड बढी भएकाले पूजाअर्चनाका लागि विशेष व्यवस्था गरिएको छ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको छ। यस्तै ब्रतालु महिलाले महादेवको पूजाअर्चना गरेपछि नाचगान गरेर मनोरञ्जन गर्ने चलन छ।

प्रकाशित: १ असोज २०८० ९:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + fifteen =