देशभरका शिक्षकलाई २ गतेभित्र काठमाडौँ उत्रन शिक्षक महासंघको अनुरोध

हिमाल प्रेस १ असोज २०८० ९:१३ | Monday, September 18, 2023
देशभरका शिक्षकलाई २ गतेभित्र काठमाडौँ उत्रन शिक्षक महासंघको अनुरोध

काठमाडौँ– नेपाल शिक्षक महासंघले देशभरका शिक्षकलाई मंगलबार (असोज २ गते) भित्र काठमाडौँ आइपुग्न अनुरोध गरेको छ। महासंघले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेको हो।

महासंघले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा असोज ३ गतेदेखि राजधानी केन्द्रित बृहत् आन्दोलन गर्दैछ। सोही प्रयोजनका लागि देशभरका सबै शिक्षकलाई विद्यालय बन्द गरेर काठमाडौँ उत्रन महासंघले आग्रह गरेको हो।

महासंघले काठमाडौँ केन्द्रित सडक आन्दोलनविरुद्ध सुनियोजित ढंगबाट भ्रम सिर्जना गर्ने प्रयास भएकाले त्यस्ता भ्रममा नपर्न पनि शिक्षकहरूलाई सचेत गराएको छ। महासंघ अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘अनधिकृत व्यक्ति, संस्था वा निकायबाट सम्प्रेषण हुने कुनै पनि खालका भनाइ, खबर, पोस्ट, लेख वा विचारबाट प्रभावित नहुन हामी सबै शिक्षक–कर्मचारी मित्रमा आग्रह गर्दछौँ।’

देशभरिका सबै शिक्षक–कर्मचारीहरु अनिवार्य उपस्थित हुनुपर्ने आन्दोलन हो भन्ने बुझिदिन पनि महांघले अनुरोध छ। विज्ञप्तिमा शिक्षा दिवसलगायत राज्यका तर्फबाट हुने सबै औपचारिक कार्यक्रम बहिष्कार गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा उल्लेख छ, ‘राज्यको हेपाहा प्रवृत्ति र ट्रेड युनियनविरोधी सोचलाई दह्रो धक्का दिन यस अवधिमा आयोजना हुने शिक्षा दिवसलगायत मन्त्रालय र यसअन्तर्गतका निकाय तथा राज्यका अन्य निकायबाट हुने यस्ता किसिमका कार्यक्रम बहिष्कार गर्नु हुन पनि सबै साथीहरुमा अनुरोध गरिन्छ।’

आन्दोलनमा सहभागी हुन आउने शिक्षक कर्मचारीले तोकिएको पोसाक लगाउनुपर्ने महासंघको विज्ञप्तिमा उल्लेख छ।

विद्यालय शिक्षा विधेयक : १८ वटा प्रावधानमा विमति जनाउँदै देशभरका शिक्षक आन्दोलित

शिक्षक आन्दोलनमा राहत शिक्षकको नारा ‘मेरो अधिकार र कर्तव्यका लागि म जान्छु काठमाडौँ’

शिक्षकका १४ संघसंगठनको अपिल : शिक्षा मन्त्रालयका सबै कार्यक्रम बहिष्कार गरौँ

प्रकाशित: १ असोज २०८० ९:१३ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast