डोल्पा विमान अपडेट : दुर्घटनाग्रस्त विमानमा चालकसहित १६ जना थिए सवार

हिमाल प्रेस ८ असोज २०८३ १०:३० | Thursday, September 24, 2026
16
SHARES
डोल्पा विमान अपडेट :  दुर्घटनाग्रस्त विमानमा चालकसहित १६ जना थिए सवार

काठमाडौँ- नेपालगन्जबाट डोल्पाका लागि उडेको सीता एयरको जहाजमा १६ यात्रु रहेको जनाइएको छ।

सशस्त्र प्रहरी स्रोतका अनुसार जहाजमा चालक दलका सदस्यसहित ७ विदेशी र ९ नेपाली रहेका थिए। ०७:५७ बजे नेपालगन्जबाट उडेको जहाज ८ः४५ बजे डोल्पामा ल्यान्ड हुँदा समस्या आएको थियो।

अवतरण हुने क्रममा दाहिने साइडको चक्का (टायर) फुत्किएर बाहिर निस्किएको थियो। अहिले जहाज मर्मतको काम भइरहेको स्रोतले जनाएको छ।

प्रकाशित: ८ असोज २०८३ १०:३० | Thursday, September 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast